Techie IT
२०८३ असार ९, मंगलबार

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, संदिग्ध पक्राउ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको एक रात्रिभोज कार्यक्रममा शनिबार अकस्मात् गोली चलेको आवाज सुनिएपछि उनलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ।

वाइट हाउसमा आयोजित उक्त कार्यक्रममा ट्रम्पसँगै उपराष्ट्रपति जेडी भ्यान्स र मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित थिए। घटनापछि सबै उच्च अधिकारीहरू सुरक्षित रहेको स्रोतले जनाएको छ।

घटनापछि ट्रम्पले संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन्। “सुरक्षाकर्मीहरूले द्रुत र साहसका साथ काम गरे,” उनले भने । साथै, कार्यक्रम जारी राख्न आफूले निर्देशन दिएको पनि उनले बताएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार आक्रमणकारी करिब ५० यार्ड टाढाबाट कार्यक्रमस्थलतर्फ आएको थियो, जसले गर्दा मुख्य कक्षबाट केही दूरीमै रहेको बुझिएको छ। यद्यपि, हातहतियारसहित उक्त व्यक्ति कसरी त्यहाँसम्म पुग्न सफल भयो भन्नेबारे स्पष्ट विवरण अझै आएको छैन।

सिएनएनका अनुसार घटनापछि भित्री (इन्डोर) कार्यक्रमको सुरक्षाबारे पुनर्विचार गर्नेबारे सोधिएको प्रश्नमा ट्रम्पले “जस्तो छ, त्यस्तै हो” भन्दै सामान्य प्रतिक्रिया दिएका थिए। उनले कार्यक्रमस्थल निकै सुरक्षित रहेको र गुप्त सुरक्षा सेवाका एजेन्टहरूको काम “प्रभावशाली” रहेको उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट