Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

निर्यात १२.४ प्रतिशतले वृद्धि भएको चीनको भनाइ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण बढ्दो व्यापार माहोललाई पार गर्दै चीनले गत महिनासम्मको १२ महिनाको निर्यातमा १२.४ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

यो आँकडा ब्लुमबर्गको सर्वेक्षणमा अनुमान गरिएको ४.६ प्रतिशतको तु्लनामा झण्डै तेब्बर बढी हो । बेइजिङको सामान्य भन्सार प्रशासनका अनुसार सोही अवधिमा आयात ४.३ प्रतिशतले घटेको छ ।

चीनका शीर्ष नेताहरूले गत महिना पाँच प्रतिशतको हाराहारीमा वार्षिक आर्थिक वृद्धिको महत्त्वाकाङ्क्षी लक्ष्य राखेका थिए र आन्तरिक मागलाई मुख्य आर्थिक चालक बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले सुस्त उपभोग र सम्पत्ति क्षेत्रमा लामो समयसम्म ऋण सङ्कटको सामना गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको व्यापार युद्धका कारण यो नाजुक पुनरुत्थानले नयाँ चुनौतीको सामना गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट