Techie IT
२०८२ वैशाख १७, बुधबार

आजको राशिफल (२०८२ साल वैसाख २ गते)


आज विक्रम संवत २०८२ साल वैसाख २ गते,  मंगलबार । ईश्वी सन् २०२५ अप्रिल १५ तारिख । नेपाल संवत् ११४५ । वैशाख कृष्ण पक्षको तृतिया तिथि। काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २८ मिनेट । दिनमान ३१ घडी ५६ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस्- 

मेष
आज अध्ययन तथा प्रतियोगितामा उत्कृष्ट सफलता मिल्ने संकेत छ । अरूलाई पछि पार्दै पुरस्कार जित्न सकिनेछ । प्रेम सम्बन्धमा नयाँ उचाइ छुन सकिनेछ, मन पर्ने व्यक्तिसँग रमाइलो समय बित्नेछ । व्यवसायमा राम्रो नाफा हात लाग्नेछ भने रमाइलो यात्राको सम्भावना पनि छ ।

वृष
न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउनेछन् । प्रतिस्पर्धीलाई पछि पार्दै सफलता मिल्नेछ । पुराना लेनदेनका समस्या समाधान हुनेछन् र स्वास्थ्यमा पनि सुधार देखिनेछ । पढाइमा मन लाग्नेछ र सम्मान प्राप्त हुनेछ । व्यवसायमा लगानी बढाउन सकिनेछ । आफन्त वा साथीहरूसँग रमाइलो यात्राको सम्भावना पनि छ ।

मिथुन
आज आफ्नो ज्ञान र सीपको सही प्रयोग गरेर चुनौती पन्छाएर सफलता प्राप्त गर्न सकिनेछ । बौद्धिक कार्यमा विजयी भइने सम्भावना छ । पारिश्रमिक तथा सम्मान मिल्नेछ । प्रेम जीवनमा खुशी आउनेछ र मन पर्ने व्यक्तिबाट उपहार पाउने योग छ । बैंक तथा वित्तीय क्षेत्रमा संलग्न व्यक्तिका लागि लाभदायक समय रहेको छ । सन्तानको सहयोगले थप उर्जा मिल्नेछ ।

कर्कट
प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ । आमासँगको सम्बन्धमा तिक्तता आउनसक्छ । पढाइमा ध्यान दिन कठिन हुनेछ । कृषि र पशुपालन व्यवसायमा भने उल्लेखनीय प्रगति देखिनेछ । समाजसेवामा लागेका व्यक्तिका लागि अझै संघर्ष गर्नुपर्ने समय हो । 

सिंह
सानो प्रयासबाट ठूलो सफलता मिल्नेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् र पढाइमा सुधार देखिनेछ । प्रेम सम्बन्ध अझ नजिकिनेछ । छिमेकी तथा दाजुभाइहरूसँगको सम्बन्ध राम्रो हुनेछ । परिवारसँग संयुक्त रूपमा गरिने व्यापारमा लाभ हुनेछ । उत्पादन, शेयरबजार, प्रेस वा कागजका काममा लगानी फस्टाउने समय छ ।

कन्या
समाज, परिवार र कार्यस्थलमा सबैको सहयोग पाइने समय छ । बोलेर गर्ने पेशा फस्टाउनेछ । आफ्नो विचार र योजनाले धेरैको मन जित्न सकिनेछ। आफन्तसँग मिलेर व्यवसाय गरेमा सफलता मिल्नेछ । प्रेम जीवन रमाइलो हुनेछ भने संगीत, मोडलिङ र मनोरञ्जन पेशामा संलग्नहरूका लागि विशेष लाभदायक समय हो ।

तुला
रचनात्मक र कलात्मक कामबाट राम्रो आयस्रोत बन्नेछ । राजनीति गर्नेहरूको लागि पद प्राप्तिको संभावना बलियो छ । कागज, मिडिया वा प्रेसमा लगानी गरेमा आर्थिक लाभ मिल्नेछ । विद्यार्थीहरूको लागि खोजमूलक कार्यमा सफलता प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सन्तुलन र सामिप्यता रहनेछ ।

वृश्चिक
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । अरूको भरमा भरपर्दा काम बिग्रन सक्छ । समयको प्रभावले व्यवहारमा परिवर्तन आउन सक्छ । आफन्तबाट अपेक्षित सहयोग नपाइए पनि विदेश जाने वा विदेशमा बसेर काम गर्नेहरूका लागि राम्रो समय हो ।

धनु
प्रेमी वा मन पर्ने व्यक्तिबाट चिट्ठा वा उपहार पाइने सम्भावना छ । परिवार तथा अग्रजको सहयोग पाउने समय छ । कागज, प्रेस, खनिज र तरल पदार्थको व्यापार फस्टाउनेछ । पढाइमा सुधार आउनेछ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने अवसर पनि आउन सक्छ ।

मकर
धेरै ठाउँबाट कामको प्रस्ताव आउनेछ । निकै व्यस्तता भए पनि उपलब्धिमूलक काम गर्न सकिनेछ । खाद्यान्न, अटो पार्ट्स, निर्माण सामग्री जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ। नोकरीमा पदोन्नति हुन सक्ने सम्भावना पनि छ ।

कुम्भ
अचानक धन वा सम्पत्ति प्राप्त हुने संकेत छ । अनपेक्षित ठाउँबाट सहयोग मिल्नेछ । समस्याहरू सजिलै समाधान गर्दै उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन र अनुसन्धानमा प्रगति हुनेछ । व्यापार र वित्तीय क्षेत्रमा लगानी लाभदायक रहनेछ । छोटो धार्मिक यात्रा हुने सम्भावना पनि छ ।

मीन
आज समयको व्यवस्थापनमा कठिनाइ हुनसक्छ । साना कुरामा अल्झिनाले ठूला काम रोकिने छन् । प्रेम सम्बन्धमा दूरी आउने संभावना छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । पढाइमा समय दिए पनि भनेजस्तो नतिजा नआउन सक्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट