Techie IT
२०८३ श्रावण १, शुक्रबार

आज पहाडी र तराई क्षेत्रमा भारी वर्षाको चेतावनी


देशभर मनसुनी वायुको तीव्र प्रभावका कारण आज पनि अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर मौसम प्रतिकूल रहने देखिन्छ।

हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा भइरहेको छ।

दिउँसोको मौसम: कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
देशभर साधारणतया बदली रही पहाडी भूभागका धेरै स्थानहरूमा वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।भारी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका साथै देशका पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।

हिमाली भूभागका केही स्थानहरूमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।

रातिको मौसम
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र, मधेस, कोशी र कर्णालीका पहाडी भूभागमा मेघगर्जनसहित मध्यम वर्षा जारी रहनेछ।

विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा राति भीषण वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

लगातार र भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम अत्यधिक बढेको छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले महाशाखाले नदी तटीय र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट