Techie IT
२०८३ श्रावण ७, बिहीबार

नेपाली बजारमा सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोवार ?


नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। पछिल्ला केही दिनदेखि निरन्तर बढ्दो क्रममा रहेको सुन र चाँदीको भाउमा आज पनि वृद्धि आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ४८० रुपैयाँमा खरिद-बिक्री भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट