आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो
नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन (आइतबार) तोलामा १ हजार ६०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासङ्घका अनुसार चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४४५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ४ हजार ९४ अमेरिकी डलर कायम भई कारोबार भइरहेको छ।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस