सुन आज प्रतितोला २,८०० रुपैयाँले महँगियो, कति पुग्यो आजको भाउ?
नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार आठ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
यसैबीच, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँ मा कारोबार भइरहेको छ। गत कारोबार दिन चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस