आज तोलामा ३ हजारले घट्यो सुन, चाँदी पनि सस्तियो
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। लगातार उकालो लागिरहेको सुनको मूल्यमा यस दिन प्रतितोला तीन हजार रुपैयाँले घटेको छ भने चाँदी पनि तोलामा ४० रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार चार सय (३,०२,४००) रुपैयाँ कायम भएको छ। यसअघि मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि कमी आएको छ। मंगलबार प्रतितोला चार हजार सात सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला चार हजार सात सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस