इशा गुरुङ्ग द्वारा प्रकाश लाई १ लाख सहयोग दिने घोषणा
अघिल्लो हप्ता हेर्ने कथा युटुव च्यानलमा राखिएको प्रकाश तामाङ्ग (पाका) को हराएका वर्षहरू नामक यथार्थ कथाले अहिले देश विदेशमा रहेका नेपालीहरु सामाजिल सञ्जालमा प्रकाशको कथाका वारेमा चर्चा गरिरहेका छन् । सामान्य चिया चौतारो देखि बालुवाटार सम्म प्रकाशको वारेका केहि न केही गफ भैरहेकोछ । 
केहि दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटामा गृह सचिवलाई बोलाएर प्रकाशको नागरिकता यथाशिघ्र बनाउन निर्देशन दिए । विदेशमा रहेका नेपालीहरुले पनि प्रकाश लाई आर्थिक सहयोग दिने वचन दिएका छन् । यसैगरी, समाजसेवी इशा गुरुङ्गले फेसबुक मार्फत प्रकाश लाई महाविर पुनको आविष्कार केन्द्रमा रोजगार दिने र उनको व्यक्तिगत तर्फबाट एक लाख सहयोग गर्न घोषणा गरेकी छन् ।
प्रकाश लाई सहयोग गर्न चाहने शुभचिन्तकहरुले भने प्रकाशको वैंक खाता खोलुङ्जेल सम्म पर्खनुपर्ने छ ।




तपाईको प्रतिक्रिया दिनुहोस