Techie IT
२०८२ असोज १, बुधबार

दुर्गा प्रसाईंले प्रहरी हिरासतमै थाले अनसन


मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनसन सुरु गरेका छन्। प्रसाईंलाई क्यान्सरको बिरामी भएको र प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेको भन्दै उनले अनसन थालेको उनका कानुन व्यवसायी, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार, प्रसाईं गम्भीर खालका बिरामी रहेकाले उनको स्वास्थ्य जोखिममा रहेको र प्रहरीले आवश्यक उपचार नगरेको आरोप छ। वीर अस्पतालले प्रसाईंलाई डिस्चार्ज गरेपछि मंगलबार सरकारी वकिल कार्यालयमा बयानका लागि उनलाई लगिएको थियो। दुई घण्टासम्म बयान दिएपछि उनले पुनः अस्पताल लैजान आग्रह गरेका थिए, तर अस्पतालले डिस्चार्ज गरिसकेकाले प्रहरी सिंहदरबार वृत्तमा नै राखिएको थियो।

प्रसाईंले हिरासतमै राखिनुको विरोध गर्दै त्यहीँ अनसन सुरु गरेका हुन्। उनलाई साइबर अपराधको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको थियो। यसैबीच, उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन्, जसमा अदालतले मंगलबार कारण देखाऊ आदेश जारी गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट