Techie IT
२०८३ श्रावण २३, शनिबार

सरकारले चार महिनामै छनक दिनुपर्थ्यो, तर सकेन: सभापति लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले चार महिनाको अवधिमा आफ्नो कार्यशैलीको स्पष्ट छनक दिनुपर्ने भए पनि त्यसो हुन नसकेको र केही कमजोरी भएको स्वीकार गरेका छन्।

युवा उद्यमी मञ्चको २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकार र पार्टीभित्र खटपट भएको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरे। सरकारको समग्र मूल्याङ्कनका लागि चार महिनाको अवधि छोटो भए पनि जनतालाई आश्वस्त पार्ने गरी कामको संकेत देखाउनुपर्ने उनको भनाइ थियो।

सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, “सरकारले काम गरेन वा बाटो बिरायो भने यसको कान समाउन सक्ने क्षमता हामीसँग छ।” सरकार लिकभन्दा बाहिर गएमा त्यसलाई सही मार्गमा ल्याउने दायित्व आफ्नै दलको रहेको उनले स्पष्ट पारे।

सोही क्रममा सभापति लामिछानेले पछिल्लो समय निजी क्षेत्रका उद्यमी तथा व्यवसायीहरू त्रसित बनिरहेकोप्रति चिन्ता व्यक्त गरेका थिए । राज्यले व्यावसायिक त्रुटिहरूलाई अन्य गम्भीर अपराध सरह व्यवहार गरेर व्यवसायीलाई डराउने वातावरण बनाउन नहुने उनको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट