Techie IT
२०८३ भाद्र ६, शनिबार

मैले यस्ता बारुला सरकार मात्रै होइन, कति अरिङ्गाल, कति बच्छ्यूँ खाएको छु - अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन भएकै दिन आफूलाई पक्राउ गर्ने निर्णय गरिएको दाबी गरेका छन्। शनिबार नगरकोटमा आयोजित पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले रातभर तयारी गरेर बिहानपख आफूलाई पक्राउ गरिएको बताएका हुन्।

ओलीले आफूले विगतमा अनेकौँ राजनीतिक चुनौती, दबाब र कठिन परिस्थितिको सामना गरिसकेको उल्लेख गर्दै पक्राउ वा कारबाहीबाट आफू नडराउने संकेत गरे।

“उसलाई थाहा छ, मैले यस्ता बारुला मात्रै होइन, कति अरिङ्गाल, कति बच्छ्यूँ खाएको छु । त्यसकारण म यी बारुलासँग म डराउँछु भन्ने कुरा उनीहरूलाई पनि थाहा छैन,” ओलीले भने।

आफूलाई पक्राउ गरिएको घटनालाई राजनीतिक प्रतिशोधसँग जोड्दै ओलीले दबाब सिर्जना गरेर आफूलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे। यस्ता गतिविधिबाट आफू विचलित नहुने सन्देशसमेत बताएका छन् ।

ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति तीव्र असन्तुष्टि जनाउँदै राज्यशक्तिको दुरुपयोग भइरहेको आरोप लगाए। आफ्नो अनुकूल नहुने व्यक्तिलाई लक्षित गर्दै पाता कस्ने, जेल हाल्ने, बदनाम गर्ने तथा सम्पत्ति जफत गर्ने उद्देश्यका गतिविधि भइरहेको उनको दाबी थियो।

एमाले अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै आफूविरुद्ध हुने कुनै पनि दबाब र कारबाहीबाट पछि नहट्ने संकेतसमेत दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट