Techie IT
२०८३ भाद्र ९, मंगलबार

अध्यक्ष ओलीद्वारा केन्द्रीय कमिटी बैठक बोलाउन निर्देशन, महासचिव पोखरेल असन्तुष्ट


नेकपा एमालेभित्र आन्तरिक विवाद र सांगठनिक विषयमा मतान्तर बाहिरिन थालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई कडा निर्देशन दिएका छन्।

भक्तपुरको गुण्डुस्थित निवासबाट टेलिफोनमार्फत अध्यक्ष ओलीले दिएको उक्त निर्देशनपछि महासचिव पोखरेलले प्रक्रियागत असहमति जनाएका छन्। अध्यक्ष ओलीको निर्देशनमा तुरुन्तै केन्द्रीय कमिटी बैठक राख्नुभन्दा पनि त्यसअघि पार्टी पुनर्गठनसम्बन्धी कार्यदल र पार्टी सचिवालयको बैठक अनिवार्य रूपमा बस्नुपर्ने प्रस्ताव पोखरेलले राखेका छन्।

पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलको प्रतिवेदन र छलफल टुंगो नलगाई सिधै केन्द्रीय कमिटी बैठक डाक्नु उचित नहुने अडान महासचिव पोखरेलको छ। पछिल्लो समय एमालेभित्र नीति, नेतृत्व र सांगठनिक पुनर्गठनको विषयलाई लिएर शीर्ष नेताहरूबीच तीव्र बहस चलिरहेका बेला केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने विषयमा अध्यक्ष र महासचिवबीच काउन्टर प्रस्ताव आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट