Techie IT
२०८३ भाद्र २४, बुधबार

रास्वपा सभापति लामिछाने आज संसदलाई सम्बोधन गर्दै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बस्ने संसद बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन्।

दिउँसो १ बजे सुरु हुने संसद बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको रास्वपाका मुख्य सचेतक कविन्दर बुर्लाकोटीले जानकारी दिएका छन्। “आजको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदनलाई सम्बोधन गर्नका लागि सभामुखसँग समय माग गर्नुभएको छ,” मुख्य सचेतक बुर्लाकोटीले भने ।

संसद बैठकका अन्य कार्यसूचीहरू:
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आजको बैठकमा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। मन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछिन्।

साथै, उनले ‘एसियाली विधायिकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ समेत सदनमा पेस गर्ने कार्यसूची रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट