जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
भारतीय दुधुवा नेशनल पार्कबाट नेपाली बस्तीमा छिर्ने जङ्गली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वनकार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

भारतीय दुधुवा नेशनल पार्कबाट नेपाली बस्तीमा छिर्ने जङ्गली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वनकार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ। पछिल्लो समयहात्तीले मानवीय क्षति निम्त्याउन थालेपछि यो कार्यक्रम आयोजनागरिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गर्दै हात्ती प्रभावित क्षेत्रमा सचेतनात्मक पोस्टर वितरण गरिएको जानकारी डिभिजन वन कार्यालय कञ्चनपुरकासूचना अधिकारी शिवराज अवस्थीले दिए।
“सामुदायिक वन सँगको समन्वयमाछलफल र बैठकहरूमा हात्तीबाटजोगिने उपायहरूको बारेमा जानकारी दिन काम गर्दैछौं,” उनले भने। “मानव–हात्ती सहअस्तित्वकोभावना विकास गर्नका लागि हामी सक्रियभएका छौं।”
हात्ती बस्तीमा छिरेको खण्डमा डेढ सय मिटरकोदुरी कायम गरेर भगाउने, अन्नपात राखेको ठाउँमा नजान, भान्सामा नसुत्न, हात्तीको अगाडि भाग्न नखोज्न, हात्तीका छावालाई नचलाउने, टर्च बालेर नभाग्न, उत्तेजित नबनाउने, मदिरा सेवन गरेर भगाउननजाने, मात चढेको हात्तीसँग सजग रहनका लागिसर्वसाधारणलाई सचेत गराउने कार्यभइरहेको उनले बताए।
“अचानक हात्ती सँगको जम्काभेट भएमा नआत्तिन, बिस्तारैपछाडि हट्नुपर्छ,” उनले भने। “यदिलखेट्न आयो भने, आफूसँग भएको सामान फ्याँक्नर बाङ्गो टिंगो दौडनुपर्छ, किनभने छोटो दुरीसम्म मात्रलखेट्ने भएकाले लामो समयसम्म लखेट्दैआईरहन्न।”
हात्तीले लखेट्न आएमा ढुङग्यान बगरतिर, छड्के पारेर ओरालो तिर, दलदलमा, रठूलो रुखको मुनि भाग्न सकिनेजानकारी उनले दिएका छन्।
“जङ्गल तर्फ जाँदा हात्तीकोताजा पाइला वा दिशा भेटिएमासतर्क रहनुपर्छ,” उनले थपे। “हात्तीलेहिडेको दिशा तर्फ जानुहुँदैन, रुख भाँचिएको, सुँडबजाएको, वा हात्तीले घुरेकोसुन्न सकिन्छ; हात्तीको आवाज सुनेर सतर्करहनु पर्छ।”
हात्ती बुद्धिमान प्राणीका रूपमा रहेको उल्लेख गर्दै उनले हात्तीलाई नियन्त्रणगर्न गाह्रो हुने भएकाले सतर्कताअपनाएर मानवीय क्षतिलाई कम गर्न सकिनेबताए।
गत असोज महिनामा हात्तीकोबथानले कञ्चनपुरका दुई जनाको ज्यानलिएको छ। असोज १३गते उखुबारीमा हात्ती भगाउन कुरुवा बसेका ५९ वर्षीय रामदलरानालाई र घरतर्फ जाँदैगर्दा २२ वर्षीय उमेशचौधरीलाई हात्तीले आक्रमण गरी ज्यान लिएकोथियो।
पाँच वर्षमा कञ्चनपुरमा १२ जनाले ज्यानगुमाएका छन्। लालझाडी गाउँपालिकामाहात्तीले आधा दर्जन स्थानीयबासिन्दाका बाख्रा पनि मारेर तिहारकोमुखमै क्षति पुर्याएको छ।
दिउँसो हात्ती नजिकैको वन क्षेत्र हुँदैस्थानीय किसानको उखुबारीमा पसेर नोक्सानी गरिरहेकोछ। भारतको दुधुवा नेशनल पार्क हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै हात्तीको बथान वर्षातका बेलाचुरे क्षेत्रमा बस्छ। वर्षात् हटेपछि चुरे नजिकका बस्तीर तल्लो समथर क्षेत्रमा पुगेरकिसानले लगाएको अन्नबालीमा क्षति पुर्याउँछ।
अहिले हात्तीको बथान दुधुवा नेशनलपार्क नजिकका बेलौरी र लालझाडी क्षेत्रकाकिसानको खेतमा पसेर धान, उखुलगायतको बालीमा क्षति गर्न थालेको छ।
सामुदायिक वन समन्वय समितिकञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले हात्ती नियन्त्रण गर्नका लागि मेसवायर जडानगर्नुपर्ने बताएका छन्।
“हात्ती प्रभावित क्षेत्रमा मेसवायर जडान गर्न सकेमावर्षेनी हुने मानवीय रभौतिक क्षतिमा कमी ल्याउन सकिन्छ,” उनले भने। “यसका लागि तीनतहको सरकार समन्वय गरी योजना बनाइबजेट परिचालन गर्नुपर्छ।”
हात्तीले नोक्सानी नगर्ने खालका बालीको खेती गर्न किसानलाईप्रोत्साहित गर्नुपर्ने पनि उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस