Techie IT
२०८३ भाद्र १६, मंगलबार

दुर्गा प्रसाईंका समर्थक विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता


झापा - झापामा भारतीय ट्रकमा आगजनी गरी चालकलाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका ८ जना समर्थकविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। प्रहरीले उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा कानुनी कारबाही अघि बढाउने निर्णय गरेको हो।

घटना असोज ६ गतेको राति भएको हो, जब मेडिकल व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको विरोधमा उत्रिएका उनका समर्थकहरूले भारतीय नम्बर प्लेट भएका दुई ट्रकमा पेट्रोल छर्किएर आगो लगाएका थिए। आगजनीको क्रममा एक ट्रकभित्र रहेका भारतीय चालक पोदो राय गम्भीर घाइते भएका थिए।

रायको उपचारका क्रममा भारतमा मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न अभियुक्तहरू माथि कर्तव्य ज्यान मुद्दा चलाउने निर्णय गरेको हो। घटनाको समयमा रहेका अर्का चालक कुमार महतोले भने भागेर ज्यान जोगाएका थिए।

पक्राउ परेका अभियुक्तहरू
पक्राउ परेका अभियुक्तहरू दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान’का कार्यकर्ता रहेको झापा प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरूमा हल्दीबारी-१ निवासी ४० वर्षीय भीम तुम्बापो लिम्बु, २४ वर्षीय विवश लिम्बु, ५१ वर्षीय विरबहादुर गुरुङ, बिर्तामोड ७ निवासी ३३ वर्षीय सुरेश चौधरी, बिर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका-४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका-६ का ३४ वर्षीय राजेश महत, र अर्जुनधारा नगरपालिका-९ का ३८ वर्षीय रुद्र भुजेल रहेका छन्।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट