Techie IT
२०८३ कार्तिक ८, शनिबार

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ


गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ज्यान मार्ने उद्योगको दोषी ठहर भएसँगै काठमाडौंको सानोभर्‍याङ स्थित कम्फर्ट हाउजिङबाट मंगलबार बिहान पक्राउ परेका छन्। 

सर्वोच्च अदालतले गत कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको सजाय सदर गरेपछि उनी पक्राउ परेका हुन्।

२०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी गम्भीर चोट पुर्याएको आरोपमा मनाङेमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। जिल्ला अदालतले यो घटना सामान्य कुटपिट भएको भन्दै दुई वर्ष कैद सजाय सुनाए पनि, पुनरावेदन अदालत पाटनले सजाय बढाउँदै पाँच वर्षको कैद फैसला गरेको थियो।

२०७५ सालमा जेलमै रहेका बेला धरौटीमा रिहा भएका मनाङेले सर्वोच्चमा पुनरावेदन गर्दै फैसला उल्ट्याउने प्रयास गरेका थिए। तर सर्वोच्चले पुनरावेदन अदालतको फैसला सदर गर्दै मनाङेले बाँकी सजाय भुक्तान गर्नुपर्ने निर्णय गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट