‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ आज देशभर विविध कार्यक्रम आयोजना गरी ‘विश्व वातावरण दिवस २०२६’ मनाइँदै छ। यस वर्षको दिवसलाई सप्ताहव्यापी रूपमा भव्यताका साथ मनाउन लागिएको हो।दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा एक विशेष समारोहको आयोजना गर्दै छ। उक्त म�...