एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले अहिले पहिलो बलिङ गरिरहेको छ। यसअघिका लगातार तीनवटै खेलमा शानदार जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गरिसकेको नेपाल आजको खेलमा पनि जित हात पार्दै समूह विजेता बन्ने दाउमा छ।मलेसियामा ज...