सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेलगत्तै नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले साँझ ५ बजेदेखि लागू हुने गरी कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय �...