Techie IT
२०८३ श्रावण १, शुक्रबार

सत्ता समीकरणमा नयाँ तरंग: प्रदेश सरकारबाट एमाले बाहिरिने सम्भावनाबारे के भने ओलीले?


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकार सञ्चालनमा प्रमुख तीनवटै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन्।

पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रमबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सत्ता समीकरण र प्रदेश सरकार गठनका विषयमा दलहरूबीच संवाद जारी रहेको बताए।

पछिल्लो राजनीतिक घटनाक्रमका कारण 'प्रदेश सरकारबाट एमाले लगभग हट्ने निश्चित भएको हो?' भनी सोधिएको प्रश्नमा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, "त्यो स्थिति त अहिलेसम्म भइसकेको छैन। तर, परिस्थितिबस हट्नुपर्‍यो भने हामी हट्न तयार छौँ।"

नेपाली कांग्रेस र अर्को नेकपा घटक मिलेर जाने आन्तरिक सहमति भइसकेको चर्चाबारे सोधिएको जिज्ञासामा उनले त्यस्तो सहमतिबारे आफूलाई कुनै जानकारी नभएको बताए। सत्ताको लुछाचुँडीमा भन्दा पनि राजनीतिक स्थिरताका लागि समझदारी हुनुपर्नेमा जोड दिँदै उनले आवश्यक परे एमाले सरकार छाड्न पछि नहट्ने स्पष्ट पारे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट